दाङमा ४ किलो गाँजासहित २ जना पक्राउ

दाङ । दाङमा चार किलो लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । राप्ती गाउँपालिका वडा नं. ९ कोईरालेस्थित सडकखण्डबाट ईलाका प्रहरी कार्यालय भालुवाङले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. २ कुमारगढी बस्ने ३७ बर्षिय सदिल मिया र राप्ती गाउँपालिका वडा नं. ९ घोसखोला बस्ने ४५ बर्षिय शिव महमद मिया रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ४ किलो ५९४ ग्राम गाँजा बरामद गरेको छ । राप्ती गाउँपालिका वडा न. ९ देबिकोटमा गाँजाको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाबाट खटिएको प्रहरी टोलीले राप्ती गाउँपालिका तर्फ आउँदै गर्दा उनीहरुलाई कोईराले भन्ने ठाउँमा फेला पारेको थियो ।

शंकास्पद लागेर खानतलासी गर्दा रा ३ प ८३५ नम्बरको मोटरसाईकलमा आइरहेका दुई जनलाई गाँजासहित पक्राउ गरी अहिले अनुसन्धान भइरहेको ईप्रका भालुवाङले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख १० गते शनिवार
प्रतिक्रिया दिनुहोस