लेनदेन तथा चेक अनादर मुद्दाका फरार प्रवतिादी पक्राउ

दाङ । दाङमा लेनदेन तथा चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ विजौरी निवासी ५३ वर्षिय बयानबहादुर दमाई रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मुकुन्द प्रसाद रिजालले बताए ।
उनलाई बाँके जिल्ला अदालतले चेक अनादर मद्दामा पाँच हजार जिरिवाना सजायसहित एक वर्ष कैद सजाए तोकेको थियो ।
त्यसयता फरार रहेका दमाईलाई आफ्नै घरमा लिकीछिपी बसेको अवस्थामा अस्ती शुक्रबार दिउँसो पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रिजालले बताए । पक्राउ परेका दमाईलाई आज दाङ जिल्ला अदालत घोराहीमा बुझाईएको उनले बताए ।
प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस