२ लाख बढि रकमसहित जुवा खेल्ने ११ जना पक्राउ

दाङ । घोराही प्रहरी २ लाख बढि रकम सहित जुवा खेलिरहेको अवस्थामा होटल सञ्चालक सहित ११ जनालाई पक्राउ गरेको छ । शनिबार अवैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरूलाई दिउँसो करिब ४ बजे घोराही उपमहानगरपालिका १५ मा रहेको न्यु सुप्रिया होटल एण्ड लजबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ पर्नेमा होटल सञ्चालक अर्घाखाँची सन्धिखर्क नगरपालिका ८ का ५२ वर्षीय गोपाल बहादुर कुँवर, रोल्पा रुन्टीगढी गाउँपालिका ७ का ३४ वर्षीय सरोज पुन, रुन्टीगढी गाउँपालिका ५ का ३६ वर्षीय धनश्याम वली, घोराही उपमहानगरपालिका ५ का ३० वर्षीय कृष्ण बहादुर रावत, वडा नं. १३ का ३९ वर्षीय मन बहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी घोराही १६ का ३५ वर्षीय रेशम बहादुर कँवर, वडा नं. १३ का ४५ वर्षीय खेमराज गिरी, वडा नं. ८ का ४२ वर्षीय काशिराम भट्टराई, वडा नं. १५ का ५५ वर्षीय भुप बहादुर केसी, बबई गाउँपालिका ६ का ३० वर्षीय युवराज केसी र प्यूठान नगरपालिका ५ का २८ वर्षीय जीवन नेपाली रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट प्रहरीले २ लाख २१ हजार ३०० नगद र जुवा खेल्न प्रयोग भएको सात गड्डी तास समेत बरामद गरेको छ ।