अपहरण परेको अफवाह फैलाउने एक जना पक्राउ

दाङ ।  प्रहरीले तुलसीपुरबाट अपहरण परेको अफवाह फैलाउने एक जना पक्राउ गरेको छ । शनिबार बेलुका करिब १० बजेको समयमा तुलसीपुर ५ एकान्त होटेलमा खाना खाई मापसे गरी आफूलाई ४ जना व्यक्तिहरूले अपहरण गरी जङ्गलमा लगेको बताउने एक जना व्यक्तिलाई पक्राउ गरेको प्रवक्ता प्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका ४ निवासी ४० वर्षीय खिम बहादुर वली रहेका छन् । उनले आफूलाई अपहरण गरेको भन्दै प्रहरीलाई फोन गरेका थिए । उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिगएको प्रहरीको टोलीले आइतबार बिहान ४ बजे तुलसीपुर ३ दमारगाउँबाट पक्राउ गरेको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ माघ २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस