ब्राउनसुगर र नाईट्राभेटसहित चारजना पक्राउ

दाङ । दाङमा लागुऔषधसहित चारजना पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार विहीबार लागुऔषध बिक्री बितरण, खरीद गरी रहेको अवस्थामा ३५० मिली ग्राम ब्राउन सुगर र २६ ट्यावलेट नाईट्राभेटसहित ४ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बबई गाउपालिका वडा नं. ६ बस्ने बर्ष २६ का संजिब वोहरा, बबई ६ खिलतपुर बस्ने बर्ष २९ का हेमन्त केसी, शान्तिनगर गाउपालिका वडा नं. २ बस्ने बर्ष ३० को लोकेन्द्र विष्ट र तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ राजापुर बस्ने बर्ष १९ का रोहन नेपालीलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार तुलसीपुर तथा आसपासका वडाहरुबाट उनीहरुलाई पक्राउ गरिएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस