हत्या भएको ६ महिनापछि रोल्पामा कंकाल भेटियो

घोराही । वेपत्ता भएको ६ महिनापछि रोल्पाका एक जनाको कंकाल फेला परेको छ । रोल्पाको त्रिवेणी गाउँपालिका ६ रिजाका ४५ वर्षिय ठाकुर नेपाली गत असार २३ गते बेलुकीदेखि वेपत्ता भएका थिए ।

छिमेकीको घरमा रक्सी लिन गएका ठाकुर वेपत्ता भएपछि छिमेकी लोकेन्द्र खड्काले यसअघि नै हत्या गरेको स्वीकोरे पनि शव भने भेटिएको थिएन । माघ २ गते बिहान ७ बजे रोल्पा त्रिवेणी ६ निम्टेखोलास्थित लौटे भिरदेखि तलको पाखोमा रुखमुनी मानव कंकाल फेला परेको भन्ने सूचना प्राप्त भए पश्चात इलाका प्रहरी चौकी जुगारबाट चौकी इन्चार्ज सइ नन्दकुमार पोख्रेल नेतृत्वको टोलीले घटना स्थलमा पुगेको थियो ।

आरोपित खड्काले हत्या गरेर शव गाडेको निश्चित स्थान नबताएका कारण शव फेला परेको थिएन ।

प्रकाशित मिति : २०७८ माघ ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस