दाङमा प्रहरीको सई हुँ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

घोराही । दाङमा नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक हुँ भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १५ मालपोत कार्यालय नजिकैबाट स्थानीय रामबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले बताए ।

आफूलाई सीआईबीको सई भएको बताउँदै घोराहीको एक बस्त्रालयबाट १५ हजार रुपैयाँको कम्मल लगी ठगी गरेको जाहेरी परेपछि पक्राउ गरिएको एसपी काफ्लेले जानकारी दिए ।

पक्राउ परेका बस्नेतलाई हिरासतमा राखेर घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस