श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

रुकुम । रुकुम पूर्वमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । बाँफिकोट गाउँपलिका ९ की २६ वर्षकी कमला खनालको हत्या आरोपमा उनका श्रीमान दिपक खनाल भन्ने दलजित खनाल पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले अनुसन्धानका क्रममा दलजितले घाँटी थिचेर श्रीमतीको हत्या गरेको खुल्न आएको बताए ।
खनालले रक्सी खाएर श्रीमतीको हत्या गरी सलले झुण्याइ दिएको बयान दिएका प्रहरी निरीक्षक शर्माले बताए । जिल्ला अदालत रुकुमबाट १० दिनको म्याद लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस