मदिरा सेवन गरेका छोराद्वारा दाउरा प्रहार गरी आमाको हत्या

पाल्पा । पाल्पामा जेठो छोरोले आमाको हत्या गरेका छन् । पाल्पा रिब्दीकोट गाउँपालिका–८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले आमा ६२ वर्षीय मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मदिरा सेवन गरेका कृष्णबहादुरले आमालाई दाउराले प्रहार गरी मारेको तथ्य प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो । छोरा कृष्णबहादुर सारुलाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाइएको उनले जानकारी दिए ।-रासस

प्रकाशित मिति : २०७८ मङ्सिर १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस