दाङमा छुट्टा छुट्टै घटनाका दुई फरार अभियुक्त पक्राउ

घोराही । दाङ प्रहरीले छुट्टाछुट्टै घटनाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सामुहिक जवरजस्ती करणी गरेको अभियोगमा दाङ देउखुरी जिल्ला अदालतले २०७३ भदौ २६ गते १० वर्ष ३ महिना १७ दिनको कैद सजाए तोकेपछि फरार रहेका राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया बस्ने २८ वर्षीय सुभास चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
अदालतको फैसला पछि फरार रहेको उनलाई खोत तलासीको क्रममा राप्ती गाउँपालिका ३ बाट सोमबार पक्राउ गरिएको हो । त्यस्तै अर्का कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी जग्गु चौधरी १२ वर्ष पछि पक्राउ परेका छन । दाङ देउखुरी जिल्ला अदालतबाट २०६६ साल बैशाख २७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद सजाए तोकिए पछि फरार रहेका प्रतिवादीलाई आईतबार कविलबस्तुबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।
पक्राउ परेका दुबै जनालाई सोमबार दाङ देउखुरी जिल्ला अदालत बुझाईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।