चितुवाको छालासहित तीन जना पक्राउ

बाँके ।  बाँकेमा चितुवाको छालासहित ३ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा बाँकेको राप्ती सोनारी गाउँपालिका ९ ढकेरी बस्ने ३५ वर्षीय हिराबहादुर बिक, सुर्खेतको पञ्चपुरी नगरपालिका ७  का २४ वर्षीय रमेश वयक र सोही स्थानका २८ वर्षीय बसन्त जिसी रहेको  इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालले जानकारी दिए ।  

शुक्रबार साँझ करिब ८ बजेतिर  चितुवाको छाला ओसार पसार भई रहेको भन्ने विशेष सूचनाको आधारमा  इप्रका कोहलपुरबाट खटिएको प्रहरी टोलीले  कोहलपुर नगरपालिका ११ स्थित सागर गेस्ट हाउसको कोठा नम्बर २०५ बाट चितुवाको छालासहित उनीहरूलाई पक्राउ गरेको हो ।

साथै उनीहरूको साथबाट   १ किलो ४० ग्राम हड्डी बरामद गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २०७८ कार्तिक १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस