तुलसीपुरका दुई जुवा अड्डाबाट १९ जुवाडे पक्राउ, करिब साढे २ लाख रकम बरामद

तुलसीपुर । तुलसीपुरलाई प्रहरीले १९ जुवाडेलाई पक्राउ गरेको छ । शनिबार साँझ तुलसीपुरका दुई जुवा अड्डाबाट जुवा खालबाट दुई लाख ४५ हजार नगदसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

तुलसीपुरको अटो भिलेजभित्र जुवा खेलिरहेको अबस्थामा ७५ हजार नगदसहित १२ जना र बजारमै जुवा खेलिरहेको अबस्थामा एकलाख ७० हजार नगद सहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक शुरेस काफ्लले जानकारी दिए । पक्राउ परेकाहरुको नाम ठेगाना भने सोधपुछ भइरहेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस