दाङमा २ लाख बढि नगदसहित जुवा खेल्ने १३ जना पक्राउ

दाङ । दाङ प्रहरीले जुवातास खेलिरहेको अवस्थामा २ लाख बढि रकमसहित १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ९ निवासी ५५ वर्षीय दुर्गा बहादुर घर्ती, सोही ठाउँ निवासी ४१ वर्षीय पुष्कर केसी, ५५ वर्षीय होमबहादुर केसी, ५८ वर्षीय मनवीर चौधरी, ५८ वर्षीय चिल्लु चौधरी, ३१ वर्षीय कालीचरण चौधरी, ४१ वर्षीय कमल चौधरी, ५४ वषीय गिर बहादुर कामी, ४९ वर्षीय कुमार केसी, ३३ वर्षीय गोविन्द र्डिसी, २५ वर्षीय कर्णबहादुर विश्वकर्मा, २० वर्षीय सन्दिप चौधरी र ३४ वर्षीय विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

शनिबार बिहान १ बजेतिर घोराही उपमहानगरपालिका ९ दुबीचौर निवासी श्यामलाल चौधरीको घरमा अवैध रुपमा पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा २ लाख ७ हजार ३०५ नगदसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

साथै, जुवा खेल्न प्रयोग भएका २ गड्डी तास पनि बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जुवा सम्बन्धी कानुनी ब्यवस्था अनुसार मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को उपदफा ६ बमोजिम पहिलो पटकलाई ३ महिना सम्म कैद वा ३० हजार जरिवाना र दोस्रो पटकलाई १ वर्षसम्म कैद र ५० हजार सम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस