दाङमा नयाँ प्रविधिबाट माछा पालन गर्दै शिक्षक

दाङ । तुलसीपुर उपमहानगरपालिका १७ निवासी पेशाले रामकुमार घर्ती शिक्षक हुन् । उनले दिपेन्द्र मावि मानपुरमा कक्षा १० सम्म अंग्रेजी विषय पढाउँदै आएका छन् ।

उनले शिक्षक पेशासँगै आफ्नै तुलसीपुर १७ मा रहेर पहिलो पटक आधुनिक प्रविधि बायोफ्लकबाट माछा पालन शुरु गर्न लागेका छन् । गत चैत महिनादेखि सुरु गरिएको यो माछा पालन करिब २० लाखको लागतमा यो व्यवसाय गरेको उनको भनाई छ । उनकै घरमा रहेको करिब एक कठ्ठा जग्गामा यो प्रविधि बायोफ्लकबाट व्यबसाय गरिएको उनले बताए ।

यो आधुनिक प्रविधि बायोफ्लक इरान, इराक, इन्डोनेसिया हुँदै भारत लगायत नेपालमा आइपुगेको हो । नेपालमा काठमाडौँ, चितवन, बुटवलमा केही वर्ष पहिलेदेखि यो प्रविधिबाट माछा पालन शुरु भएता पनि दाङ जिल्लामा केही समयदेखि शुरु भएको उनले बताए । उनले शिक्षण पेसासँगै यो माछा पालन व्यवसायलाई सहायक पेशामा रुपमा अगाडि बढाउन खोजेको बताए ।

आफूले सामाजिक सञ्जालमा यो प्रविधिबाट माछा पालेको देखेपछि आफ्नै दाङ जिल्लामै नयाँ तरिकाले यो व्यवसाय शुरु गरेको बताए । अहिले सबैले बाख्रा पालन भैँसी पालन गर्दै आएका छन् । तर, आफ्नो ठाउँमा माछा पालन कमै मात्रा रहेकाले नयाँ प्रविधि बायोफ्लकबाट उनले यो व्यबसाय संचालन गर्न लागेको बताए । आफ्नो ठाउँमा नयाँ काम शुरु गरौँ, भन्ने मनमा लागेपछि शुरु गरेको हुँ ।

युवाहरुले आफ्नै ठाउँमा केही गर्न सकिन्छ, भनेर सन्देश दिन पनि खोजेको छु । उनका अनुसार अहिले ५ वटा पोखरीहरू रहका छन् ति पोखरीमा कम्पन कार्य र पंगासेरेस जातका माछाहरु रहेका छन् । भने १६ सयको दरले करिब ८ हजार माछाहरू पोखरीमा राखिएको र यी माछाहरू आधा किलो देखि एक किलोसम्म भएमा बिक्री गर्न मिल्ने र यो पोखरीमा करिब वर्षमा १ पटकसम्म माछा उत्पादन गर्न सकिने समेत उनको भनाई रहेको छ ।

उनले ६ वटा पोखरीहरू निर्माण गरेका छन्, भने ५ वटा पोखरीमा माछा राखिएको उनले बताए । भने एउटा पोखरीमा बिरामी माछाहरुलाई उपचार गर्नको लागि राखिएको उहाको भनाई छ। उनका अनुसार ८ हजार माछा मध्य शुरुमा करिब २ सय भन्दा धेरै माछाहरु मरेर सकिएका थिए । शुरुमा काम गर्दा प्राविधक समस्याका कारण माछा मरेको उनको भनाई छ ।

त्यस्तै उनले पुस र माघमा जाडोले गर्दा माछाहरु वृद्धि नहुने भएकाले त्यो महिनामा माछा नराख्ने र अन्य समयमा माछा राख्ने समेत बताए । त्यो महिनामा माछालाई तापक्रम बढाउनको लागि हिटर चलाउन सकिन्छ ।

तर त्यो अलि धेरै खर्च हुने भएकाले गर्दा उनले पुस र माघ महिना मा माछाको लागि अफ सिजन नै हो । माछालाई गर्मीमा भन्दा जाडोमा समस्या हुने गर्दछ । यो प्रविधिमा माछालाई २२ देखि ३५ डिग्रीसम्म तापक्रम चाहिने भएकाले त्यो अलि सम्भव नहुने बताए ।
त्यस्तै गरेर अन्य पोखरीमा पालेको माछाहरुलाई भन्दा यो प्रविधिमा पालेका माछालाई दाना र काम लाग्ने पानी र जमिन कम लाग्ने पनि उनले बताए ।

उनले यो प्रविधि ब्याक्टेरियाको झुण्ड भएको भन्दै माछाहरुको दिसा र माछालाई दिइएको दानाबाट एमोनिया उत्पादन गर्ने पोखरीमा कार्वन, चुना पनि प्रयोग गर्ने भएकाले एमोनिया र कार्बनले प्रोटिन उत्पादन गर्ने भएकाले पनि दाना कम लाग्ने बताए । त्यस्तै गरेर यो प्रविधिमा विद्युत २४ सै घण्टा हुनुपर्ने समेत बताए । यदि लामो समयसम्म बत्ती नभएको अवस्थामा इन्भर्टरको ब्यवस्थापन गरेर त्यो समस्याको पनि हल गर्न सकिने उनको भनाइ रहेको छ । भने त्यसले पनि नपुगेको अवस्थामा जेनेटर लिइएर यो व्यबसाय गरिएको उनको भनाई छ ।

त्यस्तै गरेर नेपाल सरकारको तथ्यांक अनुसार देश बाहिरबाट वार्षिक करिब साढे २ अरबको माछाहरु वर्षेनी आउने भएकाले पनि आफुले यो देशमा माछाको राम्रो बजार देखेर पनि शुरु गरेको उनले बताए ।


यसैगरी उनले भने‘ स्थानीय माछा पालक कृषकहरुले आफ्नो देशमा गरिएको व्यबसाय आफ्नै देशकै लागी केहि चिजहरु आफनो देश बाहिरबाट ल्याउनुभन्दा पनि आफ्नै देशमा उत्पादन गर्न सकिने उनको भनाई छ ।

त्यस्तै गरेर आफ्नो गाउँ ठाउँमा गरिएको व्यबसाय अलि कम मात्रामा बिक्री वितरण हुने र त्यसमा पनि आफुले कम रेडमा बिक्री वितरण गरेता पनि बीच–बीचमा बिचल्लीहरुले गर्दा धेरै महगो रेडमा अरुलाई ल्याउने गरेको उनको गुनासो रहेको छ ।

प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस