एक लाख बढी नगदसहित १२ जना जुवाडे पक्राउ
दाङ । दाङमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगदसहित १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको रुन्टीगढी गाउँपालिका ९ का ३९ वर्षीय बालाराम बाँठा, सोही ठाउँका ३२ वर्षीय नोखलाल गिरी, २९ वर्षीय नारायण वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
त्यस्तै रुन्टीगढी गाउँपालिका ५ का २० वर्षीय बिराज कँवर, वडा नं. ९ का ३३ वर्षीय जोखबहादुर कँवर, ३७ वर्षीय पूर्णबहादुर कँवर, वडा नं. १ का ३१ वर्षीय गजेन्द्र भान वली, ४३ वर्षीय चन्द्रबहादुर वली, वडा नं. ९ का ५५ वर्षीय परसरा भण्डारी, वडा नंं. २ का ५७ वर्षीय बलबहादुर बूढा, २१ वर्षीय सुरेन्द्र कँवर र वडा नं. ९ का ३१ वर्षीय दुर्गाबहादुर कँवर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
उनका अनुसार बुधबार राती करिब १२ बजेतिर गते घोराही १४ पुरानो बसपार्कस्थित स्वर्गद्वारी टोलबाट उनीहरूलाई पक्राउ गरिएको छ । परसरा नास्ता तथा खाजाघरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिप्रका दाङबाट खटिएको प्रहरी टोलीले १ लाख ३५ हजार नगद र जुवा खेल्न प्रयोग भएको ६ गड्डी ताससहित बरामद गरेको उनले जानकारी दिए ।
साथै पक्राउ परेका विरुद्ध कानूनी ब्यवस्था ९ मुलुकी अपराधसहित २०७४ को परिच्छेद ५ को दफा १२५ को उपदफा ६ बमोजिम पहिलो पटकलाई ३ महिनासम्म कैद वा तीस हजार जरिवाना र दोस्रो पटकलाई १ वर्ष सम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ ।