दाङमा लागूऔषध मुद्दाका फरार व्यक्ति पक्राउ

दाङ । दाङमा प्रहरीले लागू औषध मुद्दाका फरार एक जनालाई करिव ४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ५ मा बस्दै आएका ४१ वर्षीय राजन भनिने सुनिल पुरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई लागूऔषध मुद्दामा सर्वोच्च अदालतको २०७४ मंसिर १९ गतेको निर्णयले ३ वर्ष नौ महिना ३ दिन कैद सजाए तोकेको थियो ।
अदालतको फैसलापछि फरार रहेका उनलाई गएको असोज १ गते बेलुका ५ बजे तुलसीपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । उनलाई पक्राउ गरी सोमबार दाङ जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस