बारर्गेनिङ गर्ने तीन महिला पक्राउ

दाङ । पुरुषहरुलाई प्रलोभनमा पारेर ५० लाख रुपैयाँको बारर्गेनिङ गर्ने तीन जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका महिलाहरुलाई आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो । घोराही उपमहानगरपालिका १५ निवासी भद्रबहादुर जैसीलाई (नाम परिवर्तन) गरेका व्यवसायीलाई असार ६ गते घोराही बजारमा रहेको कोहीनुर रेष्टुरेन्टमा बोलाई बियर, मासु मगाएर खाने साँझ परेपछि घर जाउँभन्दा महिलामाथि हातपात गरेको भन्दै जवरजस्ती करणीको मुद्धा हाल्छु भनेर धम्काउँदै ५० लाख रुपैया दिनुपर्ने बार्गेनिङ गर्ने महिलाहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एव एसपी सुरेन्द्रप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

प्रहरी प्रमुख काफ्लेका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ निवासी ३२ बर्षीय सीतादेवी थापा, सोही ठाउँ निवासी ३५ बर्षीया खुमा वली र ३२ बर्षीय सुष्मा परियार रहेका छन् । ‘पक्राउ परेका मध्य सितादेवी थाप र खुमा वलीले भद्रबहादुर जैसीलाई फोन गरी मेरो घरायसी विषयको मुद्धा छ, तपाई कानुन जानेको मान्छे भनि घोराही १५ मा रहेको कोहिनून रेष्टुरेन्टमा बोलाएका रहिछन’–पत्रकार सम्मेलनमा प्रहरी प्रमुख काफ्लेले भने ‘रेष्टुष्टमा आएपछि बियर, मासु खाएछन् ।

त्यसपछि ती पुरुषलाई तथानाम गाली गलौज गर्दै तलाई महिलाको इज्जतमाथि हात हाल्नेलाई जवरजस्ती करणीको मुद्धा हाल्दै भनेर सुरुमा निस्किएका रहिछन् ।’ त्यसपछि तीन व्यक्तिलाई फोन गरी घोराहीमा रहेको सागर एण्ड सुनिल रेष्टुरेण्ट तथा लजमा बोलाई छिटो कुरा मिलाउनु प¥यो नत्र प्रहरीमा उजुरी हाल्छौं भनी डर त्रास देखाई ५० लाख रुपैयाँको माग गरेको र अन्त्यमा एक लाख रुपैयाँ नगद र १७ लाख रुपैयाको सिभिल बैंकको चेकमा जवरजस्ती दस्तखत गराई सकेको अवस्थामा प्रहरीले शनिवार घोराहीबाट महिलाहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख काफ्लेले बताए । पक्राउ परेका महिलाहरुमाथि थप अनुसन्धान भैरहेको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस