सल्यानमा पेस्तोल र २ राउण्ड गोलीसहित एक जना पक्राउ

सल्यान । सल्यानमा पेस्तोल र २ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । भारतीय नम्बर प्लेटको बाइकमा प्रहरी चेक पोईन्टमा नरोकी भागेका युवक कटुवा पेस्तोल र २ राउण्ड गोली सहित पक्राउ परेका हुन् ।

भारतीय सीएच ०१ बिपी २१९४ नम्बरको मोटसाइकलमा सवार जाजरकोट नलगाड नगरपालिका ४ का २८ वर्षिय गणेश रावल वनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारस्थित प्रहरी चेक पोईन्टमा नरोकी भागेका थिए । शंकास्पद रूपमा उनी भागेपछि ईलाका प्रहरी कार्यालय देवस्थल सल्यानबाट मोटरसाईकलमा खटिएको प्रहरी टोलीले माथिल्लो सल्लीबजारबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

रावल बुधबार विहान नेपालगञ्जबाट जाजरकोट तर्फ जाँदै गरेका थिए । पक्राउ परेका उनी माथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस