दाङबाट अवैध काठसहित दुईजना पक्राउ

दाङ । एकसय ३४.३३ क्युफिट असनाको अवैध काठसहित दुईजनालाई इलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरि आइतवार डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीलाई बुझाएको छ । शनिवार विहान नौ बजे राजपुर गाउँपालिका वडा नम्बर २ माररीखोलास्थित आक्रिघाटबाट चार थान (एक थान गोलिया) चिरान एकसय ३४.३३ क्युफिट असनाको अवैध काठसहित दुईजनालाई गढवा प्रहरीले पक्राउ गरि डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीलाई बुझाएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका वडा नम्बर २ मारारिखोला निवासी ३५ वर्षिय जितबहादुर सुनार र २५ वर्षिय कमलबुढा मगर रहनु भएको छ । उनिहरु अहिले डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीको नियन्त्रणमा राखी आवश्यक थप कारवाहीको लागि अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको वन कार्यालयका सूचना अधिकारी प्रेमीलालप्रसाद शाहले जानकारी दिए ।

उनीहरुबाट अवैध काठसहित आक्रिघाटबाट दुई थान बन्चरो, तीन थान छिना र एक तान घन बरामद गरिएको छ । पछिल्लो समय यता इलाका प्रहरी कार्यालय गढवा र वन कार्यालय लमहीको सक्रियतामा विभिन्न जातका अवैध काठ र ओसार पसारमा संलग्न भएका व्यक्तीहरुलाई धमाधम पक्राउ गर्न सफल भएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस