दाङबाट सुकुटीसहित दुई जना पक्राउ

दाङ । दाङको देउखुरीमा जङ्गली जनावरको सुकुटीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाका निवासी हेमराज गिरी र घोराही उपमहानगर पालिका वडा नम्बर ११ निवासी वर्ष ३२ का दामोदर योगी रहेका छन । उनीहरुको साथमा एक नाबालक बालिका समेत रहेकी छन ।

शनिवार बेलुका १२ किलो सुकुटी र्केही थान कुर्ता सुरुवालका कपडासहित उनीहरुलाई राजपुर गाउँपालिका वडा नम्बर १ माररी खोलाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । प्रवक्ता रिजालका अनुशार पक्राउ परेका गिरी, योगी र सुकुटीलाई आवश्यक अनुशन्धानका लागि डिभिजन वन कार्यालय देउखुरीमा बुझाउने र बरामद भएको कपडा भन्सार कार्यालयलाई बुझाउने तयारी भैरहेको छ ।

सुकुटीसहित पक्राउ परेका हेमराज गिरी बाल बिसौनी प्राथमिक विद्यालय पटौली नाकाका विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष समेत हुन । प्रहरीले नियन्त्रणमा लिएको सुकुटी जंगली जनावर हो या होइन भन्ने कुरा परिक्षणपछि मात्र पत्ता लाग्ने प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७८ भाद्र ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस