कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त पक्राउ

दाङ । दाङमा कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
सर्वाेच्च अदालतले २०७५ पौष २९ गते कर्तव्य ज्यान मुद्धामा दोषी ठहर गरी २० बर्ष कैद सजायपछि फरार रहेका घोराही १४ रतनपुर झिगौरा बस्ने ५० बर्षिय राम बहादुर चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
लुकीछिपी बस्दै आएका चौधरीलाई खोजतलास गर्ने क्रममा मंगलवार पक्राउ गरी बुधवार अदालत पेश गरिएको डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस