अबैध भन्सार छलिको सामानसहित २ जना पक्राउ

दाङ । दाङको कोइलाबास नाकाबाट अवैध रुपमा भन्सार छलि ल्याउन लागेको सामानसहित २ जनालाई पक्राउ गरेको छ ।
भारतबाट अबैध रुपमा भन्सार छलि गरी सामान ल्याउँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी कोईलाबासबाट खटीईगएको संयुक्त प्रहरी टोलिले उनीहरुलाई गढवा गाँउपालिका वडा नम्बर ८ कोईलाबास चिहानडाँडाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपि मुकुन्द प्रसाद रिजालले बताए ।
पक्राउ पर्नेमा घोराही १० नारायणपुरका २८ वर्षिय नरबहादुर पुन र लमही ५ रातोडाँडाँका ३० वर्षिय प्रदिप खत्री रहेका छन् । उनीहरुको साथबाट प्लाष्टिकको सेतो बोरामा प्याक गरेको १६६ जोर जुत्ता बरामद गरिएको प्रवक्ता एवं डिएसपी रिजालले बताए । उनीहरु माथी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७८ साउन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस