रुकुम पश्चिममा दुई बालक पक्राउ

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ४, की २६ वर्षिया मनकला खत्री खड्काको हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । गत सोमबार राती घर नजिकै गोठमा भैंसीलाई घाँस हाल्न गएकी खड्काको हत्यामा संलग्न दुई बालकलाई प्रक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन मार्फत मृतकका आफन्तले दिएको जाहेरीका आधारमा एकै घरका दुई दाजुभाइलाई कर्तब्य ज्यान, चोरी तथा डाँका सम्बन्धी कसुरमा पक्राउ गरिएको बताएको छ । पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका ३, कुरलका १५ र ११ वर्षिय बालक रहेको प्रहरी नायब उपरीक्षक डिएसपी धुब्रकुमार श्रेष्ठको भनाई छ । उनका अनुसार पक्राउ परेका दुई दाजुभाई मृतक खड्काका सहदोर भतिजा हुन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा प्रयोग गरिएको हँसिया र लुकाई छिपाई राखेको सुनका गहना समेत बरामद गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस