दाङमा लेनदेन मुद्दाका फरार व्यक्ति पक्राउ

दाङ । दाङमा लेनदेन मुद्धाका फरार प्रतिवादी २० दिनपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर १८ सातकुले बस्ने ६४ वर्षिय होमबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए । उनलाई दाङ देउखुरी जिल्ला अदालतबाट २०७८ असार २५ गते लेनदेन मुद्धामा १ वर्ष कैद फैसला सुनाईएको थियो ।

उनलाई सोहि ठाउँमा लुिकछिपी बसेको अवस्थामा बिहीबार विहान १० बजेको समयमा पक्राउ गरेको प्रवक्ता रिजालले बताए । साथै पक्राउ परेका सार्कीलाई बिहीबार नै दाङ देउखुरी जिल्ला अदालतमा बझाईएको छ ।

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस