दाङमा जरायोको सिङसहित तीन जना पक्राउ

दाङ । दाङमा जरायोको सिङसहित तीन जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका ८ गहतेखोलाबाट प्रहरीले प्रतिबिन्धत बन्यजन्तु जरायोको सिङसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बबई गाउँपालिका वडा नम्बर १ गंगटेका २२ बर्षिय बिनोद डाँगी, वडा नम्बर ४ हापुरेका ३९ बर्षिय ईन्द्रबहादुर केसी र सल्यानको शारदा नगरपालिका ४ साईलाकाम्दाका २२ बर्षिय बिनोद वली रहेका छन् ।

बन्यजन्तु जरायोको सिंग बिक्री भईरहेको विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट २ ओटा सिङ एउटामा दुई हागा भएको बरामद गरेको छ । पक्राउ परेका तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार
प्रतिक्रिया दिनुहोस