सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो

काठमाडौं । सुनचाँदीको भाउ आइतबार केही घटेको छ । हप्ताको पहिलो दिन आज (आइतबार) सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रवार सुनको भाउ तोलामा ९३ हजार दुई सय रुपैयाँ थियो । यस्तै आज (आइतबार) चाँदीको पनि भाउ घटेको छ । गएको शुक्रवार तोलामा १३ सय २० रुपैयाँ रहेको चाँदी आज १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस