तुलसीपुर उपमहानगरपालिकाको आगामी बजेट साढे ३ अरब

दाङ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अरब बजेट ल्याउने तयारी गरेको छ । उपप्रमुख माया आचार्यले बिहीबार हुने नबौँ नगरसभामा आर्थिक बर्ष २०७८ र०७९ का लागि ३ अरब ३९ करोडको हाराहारीमा बजेट ल्याउन लागेको तुलसीपुर उपमहानगरपालिका प्रवक्ता श्याम डाँगीले जानकारी दिए । प्रवक्ता डाँगीका अनुसार विनियोजित बजेट मध्य सबै भन्दा बढी विकास तर्फ एक अरब ६२ करोड, १६ लाख अनुमानित बजेट पेश गर्ने तयारी गरिएको छ । जुन कुल बजेटको ४७.७० प्रतिशत हुन आउँछ ।

त्यसैगरी सामाजिक सुरक्षा तर्फ ४० करोड र चालुतर्फ एक अरब ३५ करोड बजेट विनियोजन गरिएको छ । वडा तर्फ प्रति वडा एक रोड ७० लाख बजेट दिने तयारी गरिएको छ भने कार्यपालिका सदस्यहरूको सिफारिसमा खर्च हुने गरी प्रति व्यक्ति ४० लाख बजेट विनियोजन गरिएको छ ।

कार्यापालिकामा मनोनित सदस्यको संख्या ७ जना रहेको छ । गत वर्षलाई तुलना गर्दा आगामी वर्षका लागि एक अरबभन्दा बढी बजेट ल्याउन लागिएको छ । चालुआर्थिक वर्षमा २ अरब ३४ करोड ३७ लाख, ६४ हजार बजेट विनियोजन गरिएको थियो ।

प्रकाशित मिति : २०७८ असार ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस