युवा तथा किसानलाई कृषि यान्त्रिकरण वितरण

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ मा युवा तथा किसानलाई राहात र कृषि यान्त्रिकरण सामग्री वितरण गरिएको छ । लुम्बिनी प्रदेश सरकारको कोभिड १९ प्रभावित कार्यक्रम अन्र्तगत वडाका युवा तथा कृषकलाई कृषि यान्त्रिकरण वितरण गरिएको वडा अध्यक्ष माधव वलीले जानकारी दिए । उनका अनुसार चालुआर्थिक वर्षको कार्यक्रम अन्र्तगत भएकाले १२३ जना युवालाई बाख्रा पालन व्यावसाय संचालनका लागि दश हजारका दर आर्थिक साहयता उपलब्ध गराउन थालिएको छ ।

कोरोना प्रभावका कारण बेरोजगार बनेको युवाहरुलाई लक्षित गदै उनीहरुलाई दश हजार आर्थिक साहयता दिइएको हो । अब उनीहरुले थप दश हजार गरी बिस हजारमा बाख्रा खरिद गरी व्यावसाय संचालन गर्नेछन् । यस्तैगरी वडा भित्रका ५८ जना किसानलाई च्यापकटर वितरण गरिएको छ ।

कार्यक्रमबाट बढिमा २० हजारसम्म अनुदान र बाँकी रकम कृषकले व्यहोर्ने गरी घाँस काट्ने च्यापकटर लगायत अन्य यान्त्रिकरण वितरण गरिएको वडा अध्यक्ष वलीले जानकारी दिए । युवा तथा कृषकहरुको माग बमोजिम आफुहरुले राहात हुने गरी सहुलियतमा यान्त्रिकरण वितरण गरिएको बताए । राहात तथा यान्त्रिकरण पाएपछि युवा र कृषकहरु खुशी देखिएका छन् ।

प्रकाशित मिति : २०७८ असार ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस