ज्ञानज्योति मावि उत्कृष्ट स्कुल अवार्डबाट जापानमा सम्मानित

दाङ ।  तुलसीपुर स्थित ज्ञानज्योति मावि उत्कृष्ट स्कुल अवार्डबाट सम्मानित भएको छ ।

एभरेष्ट इन्टरनेशनले स्कुल जापानले यही कात्तिक २० गते जापानमा आयोजना गरेको कार्यक्रममा ज्ञानज्योति मावि तुलसीपुरले उत्कृष्ट अवार्ड प्राप्त गरेको हो । उक्त अवार्ड ज्ञानज्योति माविका प्रिन्सिपल सुरेन्द्र जिसीले ग्रहण गरेका थिए ।

अवार्ड कार्यक्रममा देशैभरका विद्यालयहरूको सहभागिता रहेको थियो । विद्यालयले विभिन्न समयमा उत्कृष्ट अवार्डहरु प्राप्त गर्दै आएको छ । दाङ जिल्लामै उच्च व्यवस्थापनका साथ सञ्चालन भैरहेको विद्यालयको रुपमा  परिचित छ ।

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस