माधव नेपालले भ्रष्टाचार गर्‍यो भनेर संसारमा कसैले पनि पत्याउँदैन : मन्त्री ज्वाला

काठमाडौं  ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भएको बताए ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले यस्तो बताए । उनले माधव नेपालले भ्रष्टाचार गर्‍यो भनेर संसारमा कसैले पनि नपत्याउने दाबी गरे ।

समकालीन नेताहरुमध्ये सबैभन्दा स्वच्छ छविको नेता नेपाल नै रहेकोसमेत उनको दाबी गरे । उनले भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसावले माधव नेपाललाई कसैले प्रश्न उठाउन नसक्ने बताए ।

उनले अदालतले दोषी सावित गरेपनि वा ओभरसाइट एजेन्सीहरुले भनेपनि त्यसलाई जनताले नपत्याउने बताए । उनले माधव नेपालमाथि आरोप लगाएर एकीकृत समाजवादी पार्टी कमजोर बनाउने षड्यन्त्र भएको बताए ।

प्रकाशित मिति : २०८० भाद्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस