लुम्बिनी प्रदेशसभाको बैठक असार ३० गते बस्ने
दाङ । लुम्बिनी प्रदेशसभाको आगामी बैठक असार ३० गते बस्ने भएको छ । प्रदेशसभा सचिब दुर्लभ कुमार पुनका अनुसार दोस्रो अधिवेशनको १९ औं बैठक असार ३० शनिबार दिउँसो १ बजे बस्ने भएको हो । सोही दिन प्रदेश निजामती सेवा ऐन टेबुल हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८० असार २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

