रवि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट हेर्न नमिल्नेमा परेको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको रिट हेर्न नमिल्नेमा परेको हो।  सिन्हाले आफूले यसअघि संवैधानिक इजलासमा रहेर लामिछानेको मुद्दा हेरेकाले हेर्न नमिल्नेमा राखेका हुन्।

अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिए पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग गर्दै युवराज पौडेल सफलले सोमबार रिट दर्ता गरेका थिए। 

नेपाली नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिएको र अमेरिका छाडेर नेपाल फर्किएपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले रविको सांसद पद खारेज गरिदिएको थियो।

प्रकाशित मिति : २०७९ चैत्र २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस