एकीकृत समाजवादीका प्रदेश सदस्यसहित ८ जना माओवादीमा प्रवेश

दाङ । नेकपा एकीकृत समाजवादी पार्टीका लुम्बिनी प्रदेश सदस्य विष्णु थापासहित विभिन्न तहका ८ जना नेता कार्यकर्ताले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सोमवार माओवादी केन्द्रको जिल्ला समन्य समिति दाङको बैठकमा उनीहरु प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन वराल, दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यलगायतले पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा प्रदेश सदस्य थापासहित जिल्ला सदस्य यमराज भण्डारी, नगर सदस्य नरबहादुर केसी, कृष्णकुमार उपाध्याय, सावित्रा चौधरी, कलवहादुर चौधरी, वडा सदस्यहरु झग्गु नेपाली र राम सुरत नेपाली रहेका छन् ।

उनीहरुलाई उचित जिम्मेवारी दिएर पार्टी सङ्गठनवाट अगाडि बढाउने माओवादी केन्द्र दाङका जिल्ला सचिव विश्वराज आचार्यले बताए ।

प्रकाशित मिति : २०७९ भाद्र २० गते सोमवार
प्रतिक्रिया दिनुहोस