समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पुरा गर्न एकजुट हुन महासचिव पोखरेलको आह्वान , ३०० बढि एमालेमा प्रवेश

दाङ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनाव केन्द्रित अभियान कार्यक्रमलाई तीब्र बनाउँदै लगेको छ । जिल्लादेखि केन्द्रीय तहका नेताहरु चुनानी अभियानमा होमिएका छन् । निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न एमाललेले पार्टी प्रशिक्षण र प्रवेश कार्यक्रमलाई तीब्र बनाएको छ ।

यसैक्रममा नेकपा एमाले दाङले बिहीबार घोराहीमा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपालगायतका पार्टि परित्याग गरेर र केहि स्वतन्त्र गरी ३०१ जनालाई एमाले महासचिव शंकर पोख्रेलले पार्टी प्रवेश गराएका हुन । माओवादी केन्द्र दाङका पूर्व जिल्ला इञ्चार्ज जीवन गौतमको सक्रियतामा माओवादी केन्द्रका जिल्ला सदस्यसहित २५१ जना, नेपाली कांग्रेसबाट ९० जना र राप्रपाका प्रदेश सदस्यसहित १० जना एमाले प्रवेश गरेको जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार माओवादी केन्द्रका जिल्ला सदस्यहरु सरस्वति नेपाली, राजेशकुमार आचार्य, तेजप्रसाद भुसाल, डम्बरबहादुर डाँगी, गोपाल भुसाल, निरजकुमार चौधरी, सोमप्रसाद चौधरीसहित जिल्लाका विभिन्न स्थानका २५१ जनाले एमाले प्रवेश गरेका हुन् ।

त्यस्तै नेपाली कांग्रेस निकट किसान संघ दाङका पूर्व अध्यक्ष डिल्ली चौधरी, नेताहरु शरद बुढाथोकी, बमबहादुर डिसीको नेतृत्वमा ९० जना र राप्रपा का प्रदेश सदस्य प्याउली केसीको नेतृत्वमा १० जना एमाले प्रवेश गरेको नेकपा एमालेकि केन्द्रिय सदस्य साजिदा सिद्धिकिले बताइन । उनका अनुसार केहि स्वतन्त्र रुपमा रहेकाहरु पनि एमालेमा प्रबेश गरेका हुन । स्वतन्त्र रुपमा रहेकि सलिना न्यौपाने सहितका नागरीकले एमाले पार्टि रोजेका हुन । देशलाई नेतृक्त्व गर्न अव युवाहरुको खाँचो भएको र त्यो नेकपा एमालेबाट मात्र सम्भव भएको भन्दै आफुहरु नेकपा एमालेमा प्रवेश गरेको न्यौपानेले बताइन ।

आफुहरु यो भन्दा अगाडि कुनै पार्टिमा नरहेको र राजनितिक तवरले हेर्दा नेकपा एमालेबाट नै देशको भबिष्य देखेको हुनाले आफहरु एमालेमा प्रबेश गरेको बताइन ।साथै उनि पार्टिले दिएको जिम्मेवारी इमान्दारी पुर्वक पुरा गर्ने पनि बताएकि छिन । जिल्ला पार्टि कार्यालय घोराहिमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन । एमालेले सुरु गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई निष्कर्षमा पुग्न नदिन सबै लागिपरेको भन्दै महासचिव पोखरेलले मुलुकको हीत नचाहने पक्षलाई जनादेशकै बलमा असफल बनाउने बताएका हुन । मुलुकमा राजनीतिक ध्रुवीकरण आवश्यक रहेको भन्दै महासचिव पोखरेलले एमालेको नीति र बिचारलाई आत्मसात गर्ने पार्टीसँग चुनावी तालमेल हुने बताए ।

सरकारले मंसिर ४ गते निर्वाचन घोषणा गरिसकेको अवस्थामा चुनाव केन्द्रीत अभियानमा जुट्न सबै नेता कार्यकर्ताहरुलाई महासचिव पोखरेलले निर्देशन समेत दिएका छन । नेकपा एमाले दाङ जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा पोलिटव्यूरो सदस्य एवं जिल्ला इञ्चार्ज नरुलाल चौधरी, एमाले नेता जीवन गौतमलगायतका नेताहरुले सम्बोधन गरेका थिए । जिल्ला उपाध्यक्ष राममणि पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव मनोहर बुढाथोकीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस