व्यवस्थापन विषयमा  अब्बल बन्दै गुरुकुल एकेडेमी 

घोराही । पछिल्लो समय दाङ घोराहीको गुरुकुल एकेडेमी व्यवस्थापन विषयमा अब्बल बन्दै गइरहेको छ । गत वर्षबाट कक्षा ११ सुरु गरेको गुरुकुल एकेडेमी दोस्रो वर्षमा अब्बल बन्दै जाँदा विद्यार्थी तथा अभिभावकहरुको अत्यधिक रोजाईमा पर्ने गरेको छ । शिक्षाको हिसाबले हेर्ने हो भने दाङमा धेरै विद्यालय र त्यसमाथि शैक्षिक क्षेत्रको प्रतिस्पपर्धा पनि उत्तिकै छ ।

शैक्षिक गुणस्तर सुधार्ने र शिक्षालाई प्रविधिसँग जोड्ने अभियानका साथ पछिल्लो समय धेरै विद्यालय लागी परेका छन् । अझै भन्नु पर्दा गुरुकुल एकेडेमीले सैद्धान्तिक शिक्षा मात्र नभएर व्यावहारिक शिक्षा प्रदान गर्दै प्रविधितर्फ जोडिरहेको छ । गत बर्ष विज्ञान तथा व्यवथापन संकाय सुरु गरेको गुरुकुल एकेडेमीले विद्यार्थीहरुको क्षमता वृद्धिका लागि प्रत्यक्ष अवलोकन तथा व्यवहार मुलक सिपलाई प्राथमिकता दिदै आइरहेको छ । मुलतः अधिकांश विद्यालयमा प्लस टु संचालन भएका छन् तर गुरुकुलले अलि फरक भिजन र फरक शैक्षिक प्रणालीबाट प्लस टु संचालन गरेको विद्यालयका व्यवस्थापन संकायका प्रमुख कृष्णदेव थापा मगरले बताउनुभयो ।

गुरुकुल एकेडेमीले विद्यार्थीहरुका लागि छात्रवृत्तिको पनि व्यवस्था गरेको छ । जसमा ४ जिपिए प्राप्त गर्नेलाई सत प्रतिशत छुटको व्यवस्था गरेको छ भने ए प्लस जिपिए प्राप्त गर्ने लाई मासिक शुल्क छुट , ए जिपिए प्राप्त गर्नेलाई मासिक शुल्क २ हजार मात्र लाग्ने , बि प्लस जिपिए प्राप्त गर्नेलाई मासिक शुल्क ३ हजार मात्र लाग्ने यसैगरी सि जिपिए प्राप्त गर्नेलाई मासिक शुल्क ४ हजार मात्र लाग्ने व्यवस्था गरिएको छ । गुरुकुल एकेडेमीले कक्षा ११मा भर्ना हुने विद्यार्थीहरूलाई निःशुल्क ल्यापटप पनि प्रदान गर्ने गरेको छ । जसले गर्दा विद्यार्थीहरूलाई प्रविधियुक्त शिक्षण सिकाईमा सहयोग गर्दछ । गुरुकुलमा अहिले विद्यार्थी पाठ्य पुस्तकमामात्र सिमित नभई ल्यापटप र डिजिटल बोर्डमा आधारित रहेर अध्ययन गर्दै आएका छन् । विद्यालयमा लाइब्रेरी, ई–लाइब्रेरी र अन्तर्राष्ट्रिय मापदण्डमा आधारित प्रयोगशालाको व्यवस्था पनि स्कुलले गरेको छ । विद्यार्थीहरुको लागि आवश्यकताअनुसार व्यवस्थापन सङ्कायका लागि उद्योग भ्रमण जस्ता व्यवसायिक क्षेत्र अवलोकन गराउँदै आएको छ ।

शैक्षिक गुणस्तर दिन सकियो भने कसरी छोटो समयमै पनि उत्कृष्ट विद्यालय बन्न सक्छ र अभिभावकको रोजाईमा पर्न सक्छ भन्ने कुरालाई आत्मसात् गर्दै घोकन्ते र सैद्धान्तिक शिक्षण प्रणालीले शिक्षाको वास्तविक लक्ष्य प्राप्त नहुने भन्दै बालबालिकाको निहित प्रतिभा उजागर गर्नका लागि जीवन व्यवहारिक शिक्षा प्रदान गर्नुपर्ने अठोटका साथ गुरुकुलले प्लस टु संचालन गरेको हो । ‘गुरुकुलले प्रदान गर्ने शिक्षण सिकाइ तरिकामा परिवर्तन ल्यायो र विद्यालयको अत्यधिक मेहेनतले गुरुकुल जिल्लाकै प्रतिष्ठित र अब्बल विद्यालयको रुपमा अहिले स्थापित भएको छ । गुरुकुल एकेडेमीले शैक्षिक सत्र २०७९÷८०का लागि प्लस टुमा प्रि रजिष्ट्रेसन पनि खुला गरेको छ ।

प्रकाशित मिति : २०७९ साउन ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस