तुलसीपुरमा एमाले फराकिलो मतले अगाडी

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । नगर प्रमुख पदमा एमालेका टिकाराम खड्का एक हजार ८ सय १३ मतले अगाडि रहेका छन् । उनले हालसम्म २० हजार ३ सय १९ मत ल्याएका छन्, भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका गेहेन्द्र गिरीले १८ हजार ५ सय ६ मत ल्यएका छन् ।

उपप्रमुखमा पनि एमालेको अग्रता छ । एमालेका तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले १९ हजार ७ सय ८० मत प्राप्त गरेर अग्रस्थान रहेकी छिन् भने गठबन्धनको तर्फका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानाले १३ हजार ७ सय ३५ मत ल्याएका छन्। उनीहरु विच ६ हजार ४५ को मतान्तर रहेको छ ।

अहिलेसम्म तुलसीपुरका ११ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । हाल तुलसीपुर ११, १२ र १४ को मतगणना भइरहेको छ । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकोमा ७४ हजार ३३६ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस