“झ्याम्मै बजाजले दिन्छ”, पुरानो बाइक साटेर नयाँ बाइक

दाङ । दाङको तुलसीपुरमा बजाज एक्सचेन्ज मेला आयोजना हुने भएको छ। क्रस बोर्डर प्रा.लि.को आयोजनामा तुलसीपुर–६ स्थित घोराही रोड, कृषि विकास बैंक अगाडि यही भदौ ९ गतेदेखि १४ गतेसम्म एक्सचेन्ज मेला सञ्चालन भएको छ ।

मेलामा पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्न सकिनेछ। आयोजकका अनुसार ग्राहकले आफ्नो पुरानो सवारीसाधनको उच्च मूल्यांकन, नगद छुट तथा अन–द–स्पट फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन्।

मेलामा निःशुल्क हेल्मेट, शून्य सर्भिस चार्ज तथा अन्य विशेष सुविधा उपलब्ध हुने क्रस बोर्डर प्रालिका संचालक प्रदीप के.सीले बताए ।आयोजकले बजाजका नयाँ मोडलहरूबारे जानकारी लिन तथा पुरानो सवारीसाधन अपग्रेड गर्न ग्राहकलाई मेलामा सहभागी हुन आग्रह गरेको छ।

क्रस बोर्डर प्रालिले मेला सम्बन्धी थप जानकारीका लागि ०८२–५२३४०२, ९८५७८३०२३६, ९७४८३३५३२४ र ९८६६८८२६१२ मा सम्पर्क गर्न सकिने बताएको छ।

यस प्रकारका बजाज एक्सचेन्ज मेलामा पुरानो सवारीसाधनलाई नयाँ बजाज मोटरसाइकलसँग साट्ने तथा थप मूल्यांकन र विभिन्न सुविधा दिने निरन्तर हुँदै आएको छ।

प्रकाशित मिति : २०८३ भाद्र ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस