दाङमा बोलेरो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ । लमही नगरपालिका ७ बनघुस्रीस्थित पूर्व पश्चिम राजमार्गमा बिहिबार राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ६ बस्ने वर्ष ५५ का समुन्दर चौधरी रहेका छन ।

मोटरसाइकल चालकको दुबै खुट्टा, गुप्ताङ्ग, पेट तथा मुखमा गम्भीर चोट लागेको थियो । उनलाई तत्काल उपचारका लागि लमही अस्पताल पठाइएकोमा चिकित्सकले राति ११:५५ बजे मृत घोषणा गरेका थिए । बोलेरो पिकअप जिल्ला स्याङ्जा गल्याङ नगरपालिका ११ जिमुवाका २१ वर्षीय दुलराज पल्ली मगरले चलाएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनापछि प्रहरी चौकी सतबरिया दाङबाट प्रहरी सहायक निरीक्षक रामसागर चौधरीको कमाण्डमा ३ जना र इलाका प्रहरी कार्यालय अमिलिया दाङबाट प्रहरी निरीक्षक रेशम बहादुर खत्रीको कमाण्डमा ५ जनाको टोली खटिएको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले जानकारी अनुसार नारायणघाटबाट सुर्खेततर्फ जाँदै गरेको ग ३ च ४७७० नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको रा १ प ९६७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।

प्रकाशित मिति : २०८२ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस