खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ ।
बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो । खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले हेलिकप्टर दुर्घटनाको पुष्टि गरिन् । दुर्घटनामा कसैको पनि हताहती नभएको उनको भनाइ छ ।
केपिलासगढी गाँउपालिका-२ का वडाअध्यक्ष मिलन राईले दुर्घटनामा एकजना घाइते भएको बताए ।
उनले भने, ‘एकजना घाइते भएको भन्ने आएको छ । म केही समयमा घटनास्थल पुग्छु ।’ साभार
प्रकाशित मिति : २०८२ चैत्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

