चलचित्र चिरागको चेतनामुलक आईटम भिडियो सार्वजनिक
दाङ । चलचित्र चिरागको चेतनामुलक आईटम गित ञवसन्तीझको भिडियो सार्वजनिक भएको छ ।
आगामी मंसिर ५ गतेलाई रिलिजको मिती सार्वजनिक भएसँगै निर्माण पक्ष भिडियो सार्वजनिक गर्नुका साथै प्रचारप्रसारलाई समेत व्यापक बनाईएको चलचित्रका मुख्य सहायक निर्देशक मनोज कुमार आचार्यले बताए ।
ilights nepal युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त भिडियोमा चर्चित टिकटकर निकिशा श्रेष्ठ, नितु बस्नेत, शेखु धमाकालगाएतको प्रस्तुती देख्न सकिन्छ । उक्त गितको कोरियोग्राफर शेखु धमाकाको रहेको छ । प्रस्तुत भिडियोले तेस्रोलिंगीले समाजमा ताली बजाएर तथा नाचेर मात्र जिवनयापन गर्न नभएर समाजमा सकारात्मक सोचको समेत विकास गराउनु पर्छ भन्ने सन्देश दिएको देख्न सकिन्छ ।
चलचित्रमा स्वामी त्यागमुर्तिको कथा लेखन, निर्देशन तथा निर्माण रहेको छ भने संकला गौतम र नरेश भट्टले लेखन र निर्माणमा साथ दिएको मुख्य सहायक निर्देशक आचार्यले जानकारी दिए ।
त्यागमुर्तीका अलावा चलचित्रमा शुशिल पोखरेल, प्रज्ञा जोशी, दामोदर भण्डारी (सापटी काका), सुवास गजुरेल, मनोज कुमार आचार्य, माधवा खनाल, नरेश भट्ट, संकला गौतमलगाएतको अभिनय रहेको छ ।

