शारीरिक सुगठन तथा फिटनेस सङ्घ दाङको अध्यक्षमा केसी

दाङ । दाङ जिल्ला शारीरिक सुगठन तथा फिटनेस सङ्घको अध्यक्षमा अजय केसी चयन भएका छन् । दाङ जिल्ला शारीरिक सुगठन तथा फिटनेस सङ्घको शुक्रबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले सङ्घको ९ सदस्यीय तदर्थ समितलाई विगठन गर्दै अजय केसी नेतृत्वको १३ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मतिले चयन गरेको हो । जसको उपाध्यक्ष द्वयमा दिपेन्द्र शाह, योगेश मल्ल, सचिव लक्ष्मण बस्नेत, कोषाध्यक्ष भुपेन्द्र डाँगी भएका छन् ।
त्यसैगरी सङ्घको सदस्यमा राम भट्टराई ,रिता थापा, ज्ञानुमाया बुढाथोकी, फर्साराम गौतम, माधव सुवेदी, भरत दर्नाल, पुरुषोत्तम पोख्रेल र प्रदिप बस्याल रहेको सङ्घका सचिव लक्ष्मण बस्नेतले दिए ।साधारणसभा तथा अधिवेशन उद्घाटन समारोह सङ्घका अध्यक्ष अजय केसीको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियार र लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस सङ्घका सदस्य खिम जिएमको विशेष उपस्थिति एवं रोहबरमा भएको थियो ।
सो अवसरमा बोल्ने वक्ताहरूले शारीरिक सुगठन तथा फिटनेस सङ्घले आफ्नो वार्षिक क्यालेन्डर मार्फत जिल्लामा फिटनेसका गतिविधि सञ्चालन गर्न सुझाव दिएका थिए । साथै उनीहरूले शरीरको सुन्दरतासँगै स्वस्थ जीवनशैलीको मुख्य सूचकका रुपमा रहेको फिटनेस प्रतिको बुझाई लाई फराकिलो पार्दै यसको विकास र बिस्तारमा लाग्न नयाँ नेतृत्व लाई आग्रह गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस सङ्घका सदस्य खिम जिएम, लुम्बिनी प्रदेश स्ट्रेन्थ लिफ्टिङ सङ्घका उपाध्यक्ष आशिष श्रेष्ठ, युवा व्यवसायी भरत दर्नाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा जिल्ला क्रियाशील फिटनेस क्लबका स्वचालक तथा प्रतिनिधि, खेलाडी,खेलप्रेमी,युवा ब्यबसायी, सङ्घका पूर्व पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सङ्घका सचिव लक्ष्मण बस्नेतले गरेका थिए । यसैबीच सङ्घको शुक्रबार बसेको पहिलो बैठकले सङ्घलाई थप चलायमान गर्न आवश्यक सल्लाह सुझावका लागि सल्लाहकार समिति चयन गरेको छ । सङ्घका अध्यक्ष य केसीको अध्यक्षतामा बसेको बैठकले सङ्घको सल्लाहकारमा आशिष कुमार श्रेष्ठ, दिपेन्द्र रिजाल, खिम जिएम ,सुवर्ण बस्नेत, मन्जित बाँठालाई चयन गरेको हो ।