गुरुकुल एकेडेमीले ग¥यो विज्ञान प्रदर्शनी

दाङ । गुरुकुल एकेडेमी घोराही आफ्नो १०औं वार्षिक उत्सवको अवसरमा विज्ञान प्रदर्शनी गरीको छ । गुरुकुल एकेडेमी घोराही, लमही र तुलसीपुरका विद्यार्थीहरूले बनाएका वैज्ञानिक सामग्रीहरूको आज एक कार्यक्रमका बिच प्रदर्शन गरेको हो । कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरूले विज्ञान प्रदर्शनीमा भाग लिएका थिए । विद्यालयले एक औपचारी का कार्यक्रम गरेर विज्ञान प्रदर्शनी गरेको हो । विज्ञान प्रदर्शनीको अवलोकन गर्दै प्रेस काउन्सिल नेपालका केन्द्रिय सदस्य शरद अधिकारीले आफूले प्रदर्शनीबाट धेरै कुरा सिक्ने अवसर पाएको बताए ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका अधिकारीले विज्ञान प्रदर्शनी , प्रदर्शनी मात्र नभएर प्रतिस्पर्धा भएको कारणले विद्यार्थीहरूलाई अझ धेरै कुराहरू बनाउनको लागि उत्सुकता जागेर आउने बताए । कुनैपनि बैज्ञानिकहरु एकै पटकमा सफल नहुने भन्दै असफलता पछि पक्कै पनि सफलता मिल्ने भएको हुनाले विद्यालय र विद्यार्थिहरुलाई नियमित कार्यमा लाग्न सुझाव समेत दिए । बैज्ञानिक एडिसनको उदाहरण दिदै उपलब्ध भएका सम्पुर्ण कुराहरुको सदुपयोग गदै अगाडि बढ्नुपर्ने बताए । “गुरुकुलका विद्यार्थिहरुको रचनात्मक काम देखेर यो प्लेटफर्म उपलब्ध गराउने गुरुकुल एकेडेमी पक्कै धन्यवादको पात्र हो,” अधिकारीले भने यस्तै कार्यक्रममा गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले एउटा बालकलाई कसरी पुर्ण मानव बनाउन सकिन्छ भन्ने हेतुले विद्यालयले विज्ञान सम्बन्धिका कुराहरुमा पनि सहभागि गराउने गरेको बताए ।

कुनै पनि विद्यालय राम्रो कि नराम्रो भन्ने बारेमा विद्यालयले विद्यार्थिहरुलाई कस्तो प्लेटफर्म प्रदान गर्छ भन्ने कुरा अग्रपंक्तिमा आउने बताए । फरक ढंगले सोच्ने क्षेमताको विकास हुने भन्दै बालबालिकाले बनाएका रोचक तथा हेर्न लायकका सामग्रिहरु विश्लेषणात्मक तरीकाले हेर्न सक्ने जनशक्ति उत्पादन तर्फ विद्यालयले ध्यान दिएको पनि उनले बताए । सो अनुसार गुरुकुल एकेडेमी लमहीका प्रधानाध्यापक सुरज खनालले पनि शुभकामना मन्तब्य राखेका थिए ।

विज्ञान प्रदशर्निमा हवाइजहाज, ड्रोन क्यामरा, लुम्बिनि प्रोजेक्ट हल, क्ल्याप स्विच स्टिक फर ब्लाइन्ड पर्शन, स्मार्ट सिटी, एसी, कुलर, सोलार कुकर, वाटर साइकल , सेभद अर्थ लगायतका सामग्रीहरु बनाएर प्रदर्शनीमा राखिएको थियो । गुरुकुल एकेडेमीका अध्यक्ष ई.अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डिसिले स्वागत मन्तब्य राखेका थिए कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक जित बहादुर थापाले गरेका थिए ।
