मास्टर एन्ड मिस गुरुकुल २०८१ को उपाधि निशान र यशुलाई

दाङ । मास्टर एन्ड मिस गुरुकुल २०८१ सम्पन्न भएको छ । गुरुकुल एकेडेमिको आयोजनामा भएको कार्यक्रमको शनिबार एक कार्यक्रम गरी ग्राण्ड फिनाले सम्पन्न गरीएको हो । मास्टर तर्फ निशान विष्ट र मिस तर्फ यशु बुढाथोकीले प्रथम स्थान हासिल गरेका हुन् । यसै गरी मल्टिमिडिया तर्फ रोसिका खनाल र आरोहन न्यौपाने ,उच्च पोसाक तर्फ एलोन पुन र शान्भि डाँगी ,फोटोजेनिक तर्फ एन्जिस बिसि र रानि विष्ट ,कन्फिडेन्ट तर्फ अनुजा केसी र सिमोन भण्डारी ,ट्यालेन्ट तर्फ युजिन गौतम र सगुन केसी र उच्च हिडाई तर्फ अञ्जलि रसाइली र एलिस खड्का चयन भएका छन् ।
यसैगरी “सर्वश्रेष्ठ भाषण” तर्फ पञ्जिका रिजाल र सक्ष्यम डाँगी सर्वश्रेष्ठ हासो तर्फ कुशुम केसी र दिप्सोना अधिकारी चयन भएका छन् । बालबालिकाको सर्वाङ्गिण विकासका लागि अतिरिक्त कृयाकलाप अत्यन्तै आवश्यक रहेको हुँदा यस्तो खाले कार्यक्रमपनि आवश्यक पर्ने र विद्यार्थिहरुको आत्मविश्वास बढाउन भुमिका खेल्ने विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसीले बताए । आाफ्नो विद्यालयका विद्यार्थिहरुको शिक्षा संगै कला गला तथा आफुमा भएको क्षमता प्रष्फुटन गर्ने र ब्यक्तिक्त्व विकास गर्ने विद्यालयका इसिए संयोजक विशालमान श्रेष्ठले जानकारी दिए । अत्यन्तै कडा मेहेनतका साथ प्रतिष्पर्धा गरेका विद्यार्थिहरुले शनिबार भएको ग्रान्ड फिनालेमा आफ्नो प्रतिभा देखाएका थिए ।
कार्यक्रममा बोल्ने कला , गित , नृत्य तथा कविता जस्ता प्रतिभा प्रस्तुत गरेका हुन् । मास्टर एन्ड मिस कार्यक्रमको निर्णायकमा नेपाली शिक्षिका शान्ता आचार्य, आइएसए संयोजक इन्द्र प्रशाद पोख्रेल विज्ञान शिक्षिका आशा कुमारी चौधरी रहेका थिए । प्रतियोगितामा बिजेता हुने मास्टर तथा मिस गुरुकुल २०८१ ले गुरुकुल ताज पहिरीएका हुन भने ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेका हुन् ।
साथै क्राउन र ढाका टोपि समेत प्रदान गरीएको थियो । प्रतियोगिता सफल पार्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैलाई विद्यालयले धन्यवाद प्रकट गरेको थियो । गुरुकुल एकेडेमिका प्रधानाध्यापक डा।कृष्णराज डिसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण इसिए संयोजक विशालमान श्रेष्ठले गरेका थिए ।