दाङमा पहिलोपटक एमबिए कार्यक्रम सुरु गर्दै ज्ञानज्योति फाउन्डेसन

दाङ । तुलसीपुरको ज्ञानज्योति फाउन्डेसनले दाङ जिल्लामा पहिलो पटक एमबीए (मास्टर्स अफ बिजनेस एडमिनिस्ट्रेशन) पढाई सुरु गर्ने भएको छ । कलेजले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तरको पढाइ शुरू गर्न लागेको हो । ज्ञानज्योतिले एमबीए पढाउने अनुमति प्राप्त गरे संगै भर्ना प्रक्रिया पनि सुरु गरेको छ। दाङ जिल्लामा पहिलो पटक एमबीए तुलसीपुरको ज्ञानज्योति फाउन्डेसनले भित्र्याएको छ।
ज्ञानज्योति फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र जिसीले भने, “हाम्रो उद्देश्य एमबीए गरिरहेका विद्यार्थीहरूलाई उद्यमशिलता विकासमा टेवा पुर्याउनु हो।” उनले कलेजले एमबीए विद्यार्थीहरूको लागि सबै आवश्यक भौतिक र प्राविधिक पूर्वाधार तयार पारिएको बताएका छन।
ज्ञानज्योति फाउन्डेसनले जिल्लामा उत्कृष्ट शैक्षिक नतिजा प्राप्त गर्दै आईरहेको छ । भविष्यमा तुलसीपुरलाई पश्चिम नेपालको शैक्षिक हबका रूपमा विकास गर्ने योजना बनाएको सीईओ केसीले बताए। त्यसैगरी कलेजका एकेडेमिक कोर्डिनेटर शरद गौतमले ज्ञानज्योति सबैको माया र विश्वास जित्दै अघि बढिरहेको छ, र एमबीए कार्यक्रमले यसको शैक्षिक स्थायित्वमा थप योगदान पुर्याउने बताएका छन।
एमबीए कक्षाको शुरुआतको अवसरमा आयोजित पत्रकार सम्मेलनमा एनआइसी एशिया बैंक, सानीमा बैंक, र सिद्धार्थ बैंकका तुलसीपुर शाखाका प्रमुखहरूले तुलसीपुरमा एमबिए पढाई हुन्ज सकारात्मक कदमको रूपमा उल्लेख गरेका छन। कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष केसीले गरेका थिए।