एउटै कक्षामा कक्षा ३ सम्मका विद्यार्थी पढ्न बाध्य

दाङ । तुलसीपुर उपमहानगरपालिका १७ वनकट्टामा रहेको प्राथमिक विद्यालयमा बालविकास देखि कक्षा ३ सम्म पढाइ हुन्छ । कुनै सयमा २ र ३ सय विद्यार्थीहरू हुने विद्यालयमा चालु शैक्षिक सत्रमा अहिले १५ जना मात्र भर्ना भएका थिए । २०१७ सालमा स्थापना भएको विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्थ्यो । स्थानीय सरकारले विद्यालय मर्जको अभियानसँगै कक्षा ३ मा विद्यालय झरेको थियो । विद्यालय गाईगोरु चराउन थलो बनेको छ । विद्यालयमा एक जना प्रधानध्यापक, एक जना बाल विकास शिक्षिका र एक जना कार्यालय सहयोग छन् ।

वाल विकासमा ६ जना, कक्षा १ मा एक जना, कक्षा २ मा ३ जना र कक्षा ३ मा ५ जना विद्यार्थी भर्ना भएका थिए । ति मध्य २ जना विद्यालय आउन छाडे भने अरु पनि कमै मात्रामा विद्यालय आउने गरेका छन् । विद्यार्थीहरू कम मात्रामा आउने र विषयगत शिक्षकहरू नहुँदा सबै विद्यार्थीहरूलाई एउटै कक्षा कोठा बसालेर पढाउनु पर्ने बाध्यता रहेको शिक्षिका टिका वलीले बताइन् । उनका अनुसार विद्यालयमा १५ जना विद्यार्थीहरू भर्ना भएको भएयता पनि सबै आउँदैनन् ।

विगत ६ वर्षदेखि आफूले यस विद्यालयमा पढाउँदै आएको भन्दै उनले यहाँका अभिभावकहरूले आफूहरू जता काम गर्न गयो, उतै छोराछोरी लैजाने गर्दा विद्यार्थीहरू विद्यालय नआउने गरेको बताइन् । उनले भनिन्,‘ अहिले जति विद्यार्थीहरू विद्यालय आएका छन्। कात्तिक, मङ्सिरको महिना पनि यि विद्यार्थीहरू आउँदैनन् । हामी घर घर गएर खोजेर ल्याउनु पर्ने हुन्छ । निम्न आर्थिक भएका अभिभावकहरूले आफूहरू मजदुर गर्न जानु हुन्छ । घरमा साना बच्चा भए , अलि ठूला बच्चालाई साना बच्चा हेर्ने भनेर सँगै लैजानु हुन्छ ।’ उनका अनुसार विद्यालयमा कहिले २ र३ जना देखि १०र१२ जनासम्म हुने गर्दछन् ।

यस्तै उनले विद्यार्थीहरू विद्यालयमा नआउँदा र एकमै थोरै मात्रामा आउँदा आफूलाई पनि पढाउन समस्या हुने गरेको बताइन् । उनले भनिन्,‘ यहाँ कक्षा ३ सम्म मात्र पढाइ हुन्छ । बालविकासमा २ र४ जना विद्यार्थी आए, कक्षा १, २ ,३ मा पनि १ ÷२ जना नै आएका हुन्छन् । यिनीहरूलाई आ–आफ्नो कक्षामा पढाउने हो रु भने हेडसर र म मात्र छौँ । नपढाउने हो, भन्ने सबैलाई एउटै कक्षामा राखेर पढाउनु पर्छ । यस्तो अवस्था देख्दा मलाई निकै अप्ठेरोप महसुस हुन्छ ।’ यस्तै उनले एउटै कोठामा राखेर टिउसन पढाएको जसरी पढाउने गरेको समेत बताइन् ।

आफ्नै गाउँ ठाउँमा विद्यालय यस्तो अवस्थामा आउनु निकै दुखद कुरा भएको स्थानीय हर्क बहादुर वलीले बताए । उनले विद्यालयमा विद्यार्थीहरू घट्दै जानुमा अभिभावहरूले यस विद्यालयप्रतिको अविश्वासको कारण रहेको समेत बताए । उनले भने,‘ पहिला यो विद्यालयमा विद्यार्थीहरू राम्रै थिए । तर, आजभोलि विद्यालय सुनसान नै बनेको छ । अलि हुने खानेले निजी विद्यालयमा पढाइ हाल्छन्, निम्न आर्थिक भएकाले मात्र यो विद्यालयमा पढाउने हो । यो विद्यालयलाई पहिलोका जस्तो बनाउन सबै जिम्मेवार हुनुपर्छ ।’ पछिल्लो समय विद्यार्थीहरू घट्दै जानुमा विद्यालय, अभिभावक र सम्बन्धित निकायको कमीकमजोरी रहेको विद्यालयका प्रधानध्यापक नर बहादुर वलीले बताए ।

कक्षा ५ सम्म पढाइ हुने विद्यालयलाई करिब ४ वर्ष पहिले मर्जको कुरा गर्दा विद्यार्थीहरू अन्य विद्यालयमा गए । विद्यार्थी सङ्ख्या घट्दै गइरहेपछि दरबन्दी काट्नु लगायत कारणले यस्तो समस्या आएको उनको भनाइ छ । यस्तै उनले यस विद्यालयमा निम्न आर्थिक भएका विद्यार्थीहरू पढ्न आउने र अभिभावकहरु दिनभर ज्याला मजदुर गर्न जादा उतै लैजाने हुँदा पनि विद्यार्थीहरू पढ्न कम मात्रामा आउने गरेको बताए । यस्तै उनले यो विद्यालय यस्तो हुनुमा विद्यालय परिवार, यहाँका अभिभावक र सम्बन्धित निकाय लगायत रहेको पनि स्वीकार गरे ।

उनले भने,‘ मलाई पहिले नै थाहा थियो । विद्यालय एक दिन यस्तो अवस्थामा आउँछ, भन्ने कुरामा । विद्यार्थीहरू घट्दै जाँदा विद्यार्थीहरू कसरी घटिरहेका छन्, कसरी बढाउने भन्नेमा नभइ शिक्षक दरबन्दी काट्दै गइयो । विद्यालयका एक जना विद्यार्थी भएपनि विषयग पढाउनु पर्छ, पढ्न पाउनु त्यो विद्यार्थीको अधिकार पनि हो । यस्तै उनले विद्यालयलाई राम्रो बनाउनको लागि सबै पक्षबाट सहयोग हुनु पर्ने समेत बताए । उपमहानगरका धेरै विद्यालयहरू राम्रो भएयता पनि केही विद्यालयहरूलाई सुधार गर्नु पर्ने शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले बताए ।

विद्यालयहरू मर्ज गर्ने बेला त्यहाँका विद्यार्थीहरूलाई पढ्न समस्या हुने भएकाले कक्षा ३ सम्म पढाउन व्यवस्था गरिएको उनको भनाइ छ । यस्तै उनले विद्यालय राम्रो बनाउनको लागि प्रधानध्यापकको जिम्मेवारी र विव्यसको खवरदारी र सक्रिया हुनु पर्ने बताए । यस्तै उनले केहि समय अगाडि आफूहरू त्यहाँ अनुगमणको बेला त्यस विद्यालयमा गएको र त्यहाँ व्यवस्थापन चुस्त नभएको भेटेको समेत बताए । यस्तै उनले विद्यार्थी नभएको अवस्थामा उपमहानगरमा मर्जको निति रहेको हुँदा त्यो पनि गर्न सकिने बताए ।

प्रकाशित मिति : २०८१ कार्तिक ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस