दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ । दाङको बंगलाचुलीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, भने अर्का एकजना घाईते भएका छन् । गाउँपालिकाको मैवालेकमा आइतबार बिहान करिब साढे नौ बजेतिर रा ३ प ५७९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बंगलाचुली ४ क ३२ का वर्षीय खेतुलाल नेपालीको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष डाँस बहादुर डाँगीले जानकारी दिए ।
दुर्घटनामा परी बंगलाचुली ३ दाङवाङका ३८ वर्षीय मोटरसाइकल चालक चेतबहादुर डाँगी घाईते भएका छन् । उनको दायाँ खुट्टामा चोट लागेको छ, भने उनलाई इलाका प्रहरी कार्यालय कमिरेचौरको टोलीले उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको लागि पठाएको छ ।
साथै शवलाई पोस्टमार्टमका लागि सोही अस्पतालमा पठाइएको छ । सडक साँघुरो अप्ठेरो बाटोमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस