गुरुकुल तुलसीपुरको विशेष छात्रवृत्ति योजना सार्वजनिक

दाङ ।  शैक्षिकसत्र २०८१ बाट तुलसीपुरमा पनि सञ्चालन हुन लागेको गुरुकुल एकेडेमीले विशेष छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ ।विद्यालयले तुलसीपुरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर विशेष छात्रवृत्ति योजनाका बारेमा जानकारी गराएको हो । पत्रकार भेटघाट कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले पढाईमा क्षमतावान भएर पनि विभिन्न समस्याले सोचेको विद्यालयमा  भर्ना हुन नसकेका विद्यार्थीलाई लक्षित गरेर निःशुल्क पढाउन विशेष योजना ल्याइएको बताए ।  विद्यालयले सार्वजनिक गरेको छात्रवृत्ति योजना अनुसार गुरुकुल एकेडेमी तुलसीपुरको फेसबुक  पेजमा सो कार्यक्रममा सहभागिताका लागि आवेदन फाराम राखिएको छ। 

सोही फाराम भरेर कक्षा ६ देखि ९ सम्म निशुल्क अध्ययन गर्न चाहने विद्यार्थीले  आवेदन दिन सकिने उनले बताए  । उनका अनुसार प्राप्त आवेदनमध्येबाट ४ जिपिए ल्याउने नेपाल सरकारले तोकेको मापदण्ड अनुसार १० प्रतिशत  विद्यार्थीलाई यातायात र खाना खाना बाहेक  अध्ययन गर्न अन्य कुनैपनि शुल्क लाग्ने छैन ।

विद्यालयले किताबी ज्ञानले मात्र विद्यार्थीले पूर्णता नपाउने भन्दै व्यवहारिक ज्ञानमा जोड दिँदै आएको छ । माटो सुहाउँदो ज्ञान प्रदान गर्ने उद्देश्यले तुलसीपुर ६ गोलौराबाट पनि शैक्षिकसत्र २०८१ बाट अध्यापन सुरु हुन लागेको विद्यालय पूर्ण प्रविधिमैत्री कक्षा निर्माण, स्विमिङ पुल, फुटसल लगायतको सुविधा सहित तीन बिगाहा क्षेत्रफलमा फैलिएको छ। हरेक कक्षामा २५ जना मात्र विद्यार्थी भर्ना गर्ने लक्ष्य रहेकोमा विहीवार र शुक्रवार अतिरिक्त कृयाकलापमा इच्छा अनुसार विभिन्न क्लबमा सहभागिता जनाउन सकिने विद्यालयले जनाएको छ।

प्रकाशित मिति : २०८० फाल्गुन १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस