गुरुकुलका शिक्षकहरूलाई रेक्टा विधिको तालिम

दाङ । गुरुकुल एकेडेमीका शिक्षक तथा शिक्षिकाहरुलाई रेक्टा विधिको तालिम दिएइको छ । गुरुकुल एकेडेमी तुलसीपुर र गुरुकुल एकेडेमी लमहीका नँया शिक्षक तथा शिक्षिकाहरुलाई यस्तो तालिम दिइएको हो । आधारभूत शिक्षण तालिम अर्थात विद्यार्थी केन्द्रित शिक्षण विधि अन्तर्गतको यो तालिममा गुरुकुल एकेडेमी तुलसीपुर तथा लमहीका २५ जना शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको गुरुकुल एकेडेमी तुल्सिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए । 

गुरुकुल एकेडेमीले अवलम्बन गरेको नँया शैक्षणिक विधिको बारेमा जानकारी दिने उद्देश्यसहित यो तालिमको आयोजना गरीएको प्रधानाध्यापक गिरीले बताए । शिक्षक सक्रिय भएर पढाउने कार्यलाई परीवर्तन गरी अहिले शिक्षक सक्रिय भएर विद्यार्थीहरूलाई पनि सक्रिय बनाई पढाउनुपर्ने भएकोले गुरुकुल एकेडेमीले विद्यार्थिहरुलाई मात्र नभएर शिक्षकहरूलाई पनि नँया तरिकाबाट शिक्षण सिकाइ क्रियाकलाप गर्न बिभिन्न कृयाकलाप तथा तालिमहरू प्रदान गर्ने गर्दछ । सो अनुरूप यो तालिमको आयोजना गरिएको हो । 

यही माघ ४ गते बाट सुरु भएको ताली १० गते सम्म चल्ने छ । एक हप्ते तालीको आयोजना गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा गरिएको छ । तालिमको इन्टरनेसल प्रशिक्षकको रुपमा गुरुकुल एकेडेमी तुल्सिपुरका प्रधानाध्यापक मुकुन्द गिरी , सहायक प्रअ ज्ञानेन्द्र बूढा ,लमहीका सहायक प्रअ सुरज खनाल र गुरुकुल एकेडेमी घोराहीको मन्टेस्वरी संयोजक लोचना पौडेल रहेका थिए भने मुख्य प्रशिक्षकको रुपमा सिआइटिई नामक संस्था काठ्मान्डौको प्रमुख सोनी पौडेल तामाङ र कल्पवृक्ष एजुकेसन फाउन्डेसनको प्रमुख प्रतिक्षा गौतम रहेका थिए । 

दाङलाई शैक्षिक हव बनाउन तथा शिक्षण विधिमा नयाँपन ल्याउन लागि परेको गुरुकुल एकेडेमीले २०७२ सालमा घोराहीमा विद्यालय सञ्चालन गरेको थियो भने शैक्षिक सत्र २०८१ बाट तुलसीपुर र लमहीमा पनि विद्यालय सञ्चालनमा ल्याउन लागेको छ । 

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस