गुरुकुल एकेडेमीद्वारा ५ करोड बराबरको शेयर आह्वान

दाङ ।   गुरुकुल एकेडेमीले   ५ करोड बराबरको शेयर आह्वान गरेको छ । गुरुकुल एकेडेमीले आफ्नो लक्ष्य प्राप्त गर्ने उद्देश्यका साथ आगामी शैक्षिक सत्र २०८१ बैशाखबाट कक्षा प्लेग्रुप देखि कक्षा ९ सम्मको पठन पाठन गर्ने गरी सञ्चालनमा आउन लागेका आफ्ना शाखाहरू तुलसीपुर र लमहीका लागि  ५ करोड बराबरको शेयर आह्वान गरेको गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्त राज घिमिरेले जानकारी दिए ।  

 गुरुकुल एकेडेमी तुलसीपुर र गुरुकुल एकेडेमी लमहीको अनुमानित लागत करिव  २५ करोड रहेको सञ्चालक समितिले जानकारी दिएको छ । जसमध्ये ५१ प्रतिशत शेयर गुरुकुल एकेडेमीको रहने र ४९ प्रतिशत शेयर स्थानीय व्यक्ति ,बुद्धिजीवी , शिक्षाप्रेमी लगायतको रहने पनि सञ्चालक समितिले जनाएको छ । गुरुकुल एकेडेमीको ५१ प्रतिशत शेयर मध्ये ५ करोड बराबरको शेयर आह्वान गरिएको हो ।

शेयर लगानीको लागि पहिलो प्राथमिकता आफ्ना अभिभावक , कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई दिइने पनि सञ्चालक समितिका अध्यक्ष घिमिरेले जानकारी दिनुभएको छ । गुरुकुल एकेडेमीको शेयर लिन इच्छुक व्यक्तिहरूले न्यनतम   १० लाख देखि अधिकतम  ५० लाखसम्म लिन पाउने छन् ।

सोही अनुसार कबोल रकममध्ये ५० प्रतिशत रकम यही पौष १५ गतेभित्र विद्यालयको खातामा जम्मा गर्नुपर्ने र बाँकी ५० प्रतिशत रकम फाल्गुण २५ गतेभित्र जम्मा गर्नुपर्ने छ । प्रति कित्ता १०० रुपैयाँको दरले शेयर आह्वान गरेको विद्यालयले जनाएको छ । यस सम्बन्धी जानकारी लिनको लागि विद्यालयले ३ जना व्यक्तिहरूको नाम समेत सार्वजनिक गरेको छ ।

गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डीसी , विद्यालयकी लेखापाल गोमा गौतम र सोधपुछ अधिकृत अस्मिता सुनारलाई सम्पर्क गर्नुपर्ने विद्यालयले जनाएको छ ।  तोकिएका व्यक्तिहरूसँग मात्र जानकारी लिन र रकम विद्यालयको खातामा मात्र भुक्तानी दिन समेत विद्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस