उत्कृष्ट नतिजा ल्याएको भन्दै गुरुकुल एकेडेमी सम्मानित

दाङ । घोराही १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमी सम्मानित भएको छ । साधारण सभाको अवसर पारेर प्याब्सन घोराही नगर समितिले गुरुकुल एकेडेमीलाई सम्मान गरेको हो । प्याब्सन घोराही नगर समितिले प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थीहरूलाई सम्मान गर्दै आएको छ जस अन्तर्गत गुरुकुल एकेडेमीलाई सम्मान गरिएको गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसीले जानकारी दिए । एसईई २०७९ मा सहभागि भएको गुरुकुल एकेडेमीले उत्कृष्ट नतिजा ४ जिपिए ल्याउन सफल भएको हो ।
उत्कृष्ट ३.९५ जिपिए ३ जना विद्यार्थीबाट प्राप्त गर्न सफल भएको हो । पछिल्लो समय गुरुकुल एकेडेमी जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा आफ्नो परिचय बनाउन सफ भएको छ । घोकन्ते विद्या मात्र नभएर व्यवहारिक ज्ञान प्रदान गर्दै आएको विद्यालयमा अध्ययनरत विद्यार्थीहरू पढाईमा त अब्बल छन नै उनीहरू व्यवसाय गर्न सिक्छन् ,खाना बनाउन सिक्छन् , घाँस काट्न सिक्छन् र सिकेको यस कुरालाई व्यवहारमा लागू गर्छन र हरेक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउन सफल हुन्छन ।
गत वर्षको एसईई परीक्षामा उत्कृष्ट ४ जिपिए ल्याएर प्याब्सन घोराही नगरबाट सम्मानित हुन पाउँदा विद्यालयका विद्यार्थी ,शिक्षक र अभिभावक निकै उत्साहित भएको आगामी दिनमा पनि यसरी नै नतिजा हासिल गर्ने गरी अगाडि बढ्न अभिभावकले सुझाव दिएका छन । विद्यार्थीहरूको सर्वाङ्गीण विकासको लागि विद्यालयको भूमिका अतुलनीय रहेको भन्दै आगामी शैक्षिक सत्र २०८१ बाट सञ्चालनमा आउन लागेको लमहि गुरुकुल र तुलसीपुर गुरुकुल एकेडेमीलाई सफलताको शुभकामना समेत व्यक्त गरेका छन ।साथै विद्यालयले उत्कृष्ट नतिजा ल्याउन महत्वपूर्ण भूमिका खेल्नुहुने गुरुकुलका सम्पूर्ण शिक्षकलाई सम्मान समेत गरेको छ ।